Section 26I
नेपाल सरकारले रकमको व्यवस्था गर्न सक्ने
 यस ऐन बमोजिम जग्गावाला र मोही बीच जग्गा बाँडफाँड भईसकेपछि जग्गावाला र मोहीलाई एक अर्काको भागमा परेको जग्गा खरिद गर्न प्रोत्साहन गर्न नेपाल सरकारले आफैं वा कुनै वित्तीय संस्था मार्फत त्यस्ता व्यक्तिलाई आवश्यक रकमको व्यवस्था गर्न सक्नेछ ।